यस्तो छ भारतको पछिल्लो अवस्था - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस्तो छ भारतको पछिल्लो अवस्था



काठमाडौं- पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जना कोरोना संक्रमित भेटिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

सोही अवधिमा ३ हजार ६८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख १५ हजार ५४२ पुगेको छ ।

भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोरोना संक्रमण भइसकेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरसँगै भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ ।

उपचारका लागि अक्जिनको अभाज दिल्लीमा नै देखिन थालेको छ । अक्सिजन अभावमा दिल्लीमा नै कोरोना संक्रमितको मृत्यु हुन थालेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

संक्रमितको मृत्यु दर उच्च हुँदा शव जलाउन घाट र दाउराको समेत अभाव हुँदै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।