भारतको अवस्था भयाबह: आज पनि बन्यो नयाँ रेकर्ड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतको अवस्था भयाबह: आज पनि बन्यो नयाँ रेकर्ड



काठमाडौँ- भारतमा कोरोना भाइरसले एकपछि अर्को रेकर्ड बनाउन थालेको छ । शनिबारमात्रै भारतमा २० हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ ।

त्यस्तै शनिबारमात्रै भारतमा ४१४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १६ हजार १०३ जनाभन्दा बढीको ज्यान गएको छ ।

कोरोनाका कारण दिल्लीमा धेरेको बिचल्ली भएको अधिकारीहरुले जनाउका छन् । एक अध्ययनले दिल्लीमा कोरोना समुदायमा फैलिसकेको र यसलाई बेलैमा गम्भीरतासँग नलिए ठुलो दुर्घटना हुने सक्ने बताइएको थियो ।

एक रिपोर्टका अनुसार कोरोना अनुपात झण्डै ३० प्रतिशत रहेको छ । दिल्ली सरकारले प्रत्येक घरमा गएर कोरोना परिक्षण गर्ने निर्णय गरिसकेको छ । त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो समय जसरी कोरोना संक्रमितको संख्या बढीरहेको यसले भारत सरकारलाई थप समस्यामा पार्ने अधिकारीहरुले जनाएका छन् । भारतमा हालसम्म ५ लाख २९ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै ३ लाख १० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।