भारतमा लोकसभा विघटन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतमा लोकसभा विघटन



काठमाडौं – भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार तल्लो सदन अर्थात भारतको लोक सभा विघटन गरेका छन्। भारतमा हालै भएको १७ औ लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रुपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन्।

शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको संयुक्त गठबन्धन(एनडीए) ले ३५२ सिट हासिल गरेको छ। भाजपा एक्लैले भने ३०३ सिट ल्याएको छ। जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ।

विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ। अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ। कांग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रमा विजयी भएको छ।

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक र तल्लो सदनको विघटनसँगै भारतमा फेरी नयाँ सरकार गठनको चरण सुरु हुन लागेको छ।