लकडाउन खुकुलाे पारेपछि भारतमा बिजोग - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लकडाउन खुकुलाे पारेपछि भारतमा बिजोग



काठमाडौं- भारतमा लकडाउन खुकुलाे भएसँगै कोरोना संक्रमण तीब्र गतिमा फैलिंदै गएको छ । प्रत्यक दिन संक्रमितहरूको संख्यामा नया रेकर्ड बन्दै गैरहेको छ ।

भारतमा संक्रमित हुने र मृत्यु हुनेको संख्या पनि दिनहुँ नयाँ रेकर्ड बनाउन थालेको छ । भारतमा हिजो (बुधबार) अहिलेसम्मकै बढी नयाँ संक्रमित थपिएका छन् भने मृतकको संख्या पनि हालसम्मकै बढी भएको छ । भातमा पछिल्लो २४ घण्टामा सात हजार २७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यसअघि गत आइतबार मात्रै सबैभन्दा बढी २४ घण्टामा ६ हजार ९७७ जना नयाँ संक्रमित भेटिएका थिए । यस्तै मृत्यु पनि २४ घण्टामा अहिलेसम्मकै उच्च भएको छ । १८७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । बिहीबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार ८६ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ८५ हजार ७९२ रहेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ४७२ जनालाई निको भएको छ । निको हुनेको संख्या ६७ हजार ७४९ पुगेको छ । मृत्यु हुनेको संख्या ४ हजार ५३४ पुगेको छ । २४ घण्टामा १८७ जना थपिएका हुन् ।

सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । त्यहाँमात्र ५६ हजार ९४८ जना संक्रमित रहेका छन् । २ हजार १९० जना नयाँ संक्रमित थपिएका छन् । मृतकको संख्या १ हजार ८९७ रहेको छ ।

महाराष्ट्रपछि तमिलनाडु दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । मृतक १३६ रहेका छन् । तेस्रो स्थानको दिल्लीमा १५ हजार २५७ संक्रमति रहेका छन् । मृतक ३०३ पुगेका छन् ।

चौथो स्थानको गुजरातमा १५ हजार २०५ जना कोरोना संक्रमित रहेका छन् । मृतक ९३८ पुगेका छन् । भारतमा दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ ।

कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो । भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ ।

भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो । भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो । भारतमा लकडाउन जारी भए पनि यसले संक्रमण रोक्न सहयोग नपुगेको भन्दा मोदी सरकारको आलोचना भएको छ । केहि दिनअघि राहुल गान्धीले यो कुन खालको लकडाउन हो भन्दै प्रश्न उठाएका थिए । उनले सरकारको कमजोर शैलीका कारण कोरोना संक्रमण व्यापक रुपमा फैलिएको आरोप समेत लगाएका थिए ।