कर्फ्यु लागेकै बेला भारतमा बम विस्फोट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कर्फ्यु लागेकै बेला भारतमा बम विस्फोट



एजेन्सी- भारतमा नोभोल कोरोना भाइरसलाई नियन्त्रण गर्न पूर्वसावधानी अपनाउन ‘जनता कर्फ्यु’ लागु गरिएको बेला शाहीनबागमा भने आइतबार पेट्रोल बम प्रहार गरिएको छ ।

नागरिकता संशोधन ऐनको विरोधमा रहेकाहरुमाथि आइतबार पेट्रोल बम प्रहार गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ति बिहीबारै आइतबार जनता कर्फ्यु लगाइने घोषणा गरेका थिए । उनले जनतालाई घरबाहिर ननिस्किन आग्रह गरेका थिए ।

डिसेम्बर १५ देखि सयौं नागरिकता संशोधन कानुनविरुद्ध शाहीनबागमा धर्ना दिइरहेका छन् । कोरोना नियन्त्रणका लागि प्रदर्शनकारीहरुलाई धर्ना बन्द गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा अपिल गरिएको छ ।

सर्वोच्च अदालतले सोमबार उक्त रिटसँगै अन्य सम्बन्धित रिटहरुको सुनुवाइ गर्ने बताइएको छ ।

भारतमा हालसम्म ३२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भारतीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ ।