भारतका ठुला सञ्चारगृहमा सरकारले हान्यो छापा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतका ठुला सञ्चारगृहमा सरकारले हान्यो छापा



एजेन्सी । कोरोना महामारीमा सरकारका गतिविधिको कडा आलोचना गरेपछि भारतका दुई वटा सञ्चारमध्यममा सरकारी अधिकारीहरुले छापा मारेका छन् । भारतीय सरकारी अधिकारीहरुले भारत समाचार र दैनिक भास्करमा छापा मारेको बीबीसीले जनाएको छ ।

सरकारी अधिकारीहरुले भने दुवै सञ्चार माध्यमले कर छली गरेकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको दावी गरेका छन् । ती सञ्चारमाध्यमहरुमा कार्यरत केही कर्मचारीका घरमा पनि छापा मारिएको बताइएको छ । सुरक्षाकर्मीले अधिकांश सञ्चारकर्मी र कर्मचारीका मोबाइल फोन पनि अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका छन् ।

तर विभिन्न दलका नेता, सांसद र अधिकारकर्मीहरुले भने सरकारले प्रेस स्वतन्त्रता विरोधी गतिविधि गरेको आरोप लगाएका छन् । उनीहरुले सरकारले आफ्ना आलोचक दवाउन ती सञ्चारमाध्यममाथि झुटो आरोप लगाएर छानविन गरेको दावी गरेका छन् । तर भारतका सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले भने सो प्रकरणमा सरकारको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

उनले कर छलिको आरोपमा सरकारी अधिकारीले छानविन गरेकाले सत्यतथ्य सार्वजनिक हुने बताए । उनले सो छानविन प्रकरणमा सरकारले कुनै हस्तक्षेप नगर्ने पनि बताए । दैनिक भास्कर भारतमा हिन्दी संस्करणमा प्रकाशित हुने सबैभन्दा ठूलो अखबारमध्येको एक हो ।