भारतमा निकै बढ्यो कोरोनाको रफ्तार - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

भारतमा निकै बढ्यो कोरोनाको रफ्तार



नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट शुक्रबार कम्तिमा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ ।

यो भारतमा कोरोनाको कारण अहिलेसम्म सबैभन्दा धेरै मृत्यू हो । योसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।

नयाँ तथ्यांकका अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३,०८२ पुगेको छ । एक दिनमा ५०० जनामा कोरोना संक्रमण भेटिएको छ ।

तर सरकारले भने २५४७ जनामा कोरोना संक्रमण भेटिएको र ६२ जनाको मात्र मृत्यू भएको जनाएको छ । विहीबार ५४४ जनालाई कोरोना भेटिएको थियो ।

शुक्रबार ५०२ नयाँ संक्रमण भेटिएकोमा महाराष्ट्रमा यो भाइरसबाट ३, दिल्ली र तेलंगानामा २-२ मानिसको मृत्यू भएको छ ।

आन्द्र प्रदेश, गुजरात, मध्य प्रदेश, हरियाणा र कर्नाकमा १-१ कोरोना पीडितको मृत्यू भएको छ ।