भारतमा सङ्क्रमण बढ्दो: ज्यान गुमाउने १० पुगे, सङ्क्रमित ५ सय - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतमा सङ्क्रमण बढ्दो: ज्यान गुमाउने १० पुगे, सङ्क्रमित ५ सय



काठमाडौँ- छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र हुँदै गइरहेको छ।

मंगलबार बिहानसम्म ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने १० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

भारत सरकारले रेल, बससेवा, बजार सबै बन्द गरी लकडाउनको निर्देशन दिए पनि अवहेलना गर्नेहरुको संख्या पनि ठूलो छ।

महाराष्ट्र र केरलामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। महाराष्ट्रमा ९७ र केरलामा ९५ जना संक्रमित छन्।

नेपालसँग सीमा जोडिएका पश्चिम बंगालमा ७, बिहारमा २, उत्तर प्रदेशमा ३३ र उत्तराखण्डमा ५ संक्रमित भेटिएका छन्।