भारतमा हजारौंमा कोरोनाको आशंका: डाक्टर खटिए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतमा हजारौंमा कोरोनाको आशंका: डाक्टर खटिए



काठमाण्डौ- कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यकाे स्वास्थ्य विभागले तीन हजार दुई सय ५२ जनालाई निगरानीमा राखेको छ ।

विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले तीन सय ४५ जनाको रगतको नमुना परीक्षण गर्दा तीन सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको हाे ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएन र अनुगमनमा राखिएका व्यक्तिको रक्त परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।’

विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरुलाई १८ दिनसम्म घरबाहिर हिँडडुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जँचाउन भनिएको उल्लेख छ ।

थ्रिसुरमा रहेको सरकारी शिक्षण अस्पतालको विशेष वार्डमा राखिएका चीनबाट फर्किएका विद्यार्थीको प्रयोगशाला परीक्षण गर्दा कोरोना भाइरस (एन्कोभ) को सङ्क्रमण नदेखिएको अस्पतालले जनाएको छ ।