कोरोनालाई लिएर भारतमा डरलाग्दो प्रक्षेपण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कोरोनालाई लिएर भारतमा डरलाग्दो प्रक्षेपण



काठमाडौं- भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढिरहँदा एउटा डरलाग्दो पूर्वानुमान बाहिर आएको छ ।

यही रफ्तारले अगाडि बढ्ने हो भने अक्टोबरसम्म विश्वमै सबैभन्दा बढी कोरोनाका संक्रमित भारतमा हुने अनुमान गरिएको छ ।

पछिल्ला केही हप्तादेखि निरन्तर भारतमा कोरोना संक्रमितको संख्या ९० हजारको हाराहारीमा अगाडि बढिरहेको छ ।

भारतमा हर १० लाख मानिसमध्ये ४२ हजारको कोरोना परीक्षण गरिएको छ । जसमा ३ हजार ५ सय संक्रमित भएका छन् । यही रफ्तार रहे अक्टुबरसम्म विश्वकै सबैभन्दा बढी संक्रमित भारतमा हुनेछन् ।

पहिलो १० लाख संक्रमित पुग्न १६९ दिन लागेकामा पछिल्लो १० लाख संक्रमित थपिन मात्र ११ दिन लागेको छ । यही गतिले भारतको स्थिति भयावह हुने देखिएको हो ।

३० सेप्टेम्बरसम्म ६५ लाख सम्भावित संक्रमित हुँदा ९५ हजार मानिसको ज्यान जानेछ ।

त्यस्तै ३१ अक्टोबरसम्म ९२ लाख संक्रमित हुँदा १ लाख २३ हजारको ज्यान जानेछ ।३० नोभेम्बरसम्म १ करोड १९ लाख संक्रमित हुँदा मृतक १ लाख ५३ हजार पुग्नेछन् ।

त्यस्तै ३१ डिसेम्बरसम्म डेढ करोड संक्रमित हुँदा १ लाख ८४ हजार मानिसको ज्यान जान सक्ने पनि अनुमान गरिएको छ ।

तीन महिनाको अवधिमा सबैभन्दा धेरै ४६ लाख भन्दा बढी संक्रमित भारतमै पाइएका छन् ।

निको हुनेको रेट भने बढी नै छ । ५० लाख संक्रमित हुँदा ३९ लाख निको भएका छन् । यो ७८ प्रतिशत हो ।

त्यस्तै ५ करोड ९० लाख मानिसको परीक्षण गरिँदा ८.४७ प्रतिशतमात्र संक्रमित भएका छन् ।

हाल भारतमा कोरोना संक्रमितको संख्या ५० लाख १८ हजार ३४ पुगेको छ ।

मंगलबार ९१ हजार ९६ जना संक्रमित थपिएपछि कुल संक्रमित आधा करोड नाघेका हुन् । सक्रिय संक्रमितको संख्या ९ लाख ९६ हजार १२२ रहेको छ ।

मंगलबार ८२ हजार ८४४ जनालाई निको भएको छ । हालसम्म ३९ लाख ३९ हजार १११ जना कोरोनामुक्त भएका छन् ।

मृत्यु हुनेको संख्या ८२ हजार ९१ पुगेको छ । मंगलबार १ हजार २८३ जनाको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै ३० हजार ४०९ जनाको ज्यान गइसकेको छ ।