भारतमा भयावह: एकैदिन ५ हजार बढी संक्रमित, ३ हजार बढीले ज्यान गुमाए - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतमा भयावह: एकैदिन ५ हजार बढी संक्रमित, ३ हजार बढीले ज्यान गुमाए



काठमाडौं- भारतमा कोरोना महामारीले ठुलो रुप लिन थालेको छ । आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।

भारतमा हिजो पाँच हजार ५० जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको वल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन्। आइतबार मात्रै भारतमा १ सय ५४ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये ३६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १६ हजार ५ सय १४ पुगेको छ। आइतबार संक्रमणबाट विश्वभर ३ हजार ६ सय १२ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ। आइतबार एकै दिन विश्वभर गरेर ८१ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।