भारतको लज्जास्पद हार, बंगलादेशले बनायो इतिहास - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतको लज्जास्पद हार, बंगलादेशले बनायो इतिहास



काठमाडौं- बंगलादेशले भारतमाथि ऐतिहासिक जित हात पारेको छ। आइतबार दिल्लीमा भएको खेलमा पहिलो टी–२० खेलमा बंगलादेशले घरेलु टिम भारतलाई ७ विकेटले पराजित गरेको हो।

जितसँगै बंगलादेशले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ। बंगलादेशले टी–२० खेलमा पहिलो पटक भारतलाई हराएको हो। यसअघि खेलिएका ८ टी–२० खेलमा बंगलादेशले भारतलाई हराउन सकेको थिएन।

भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले ३ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

बंगलादेशका लागि मुस्फिकर रहिमले नटआउट ६० रनको योगदान दिए। म्यान अफ दि म्याच बनेका उनले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। कप्तान मोहमुदुल्लाहले नटआउट १५ रन जोडे भने सौम्य सरकारले ३५ बलमा ३९ रनको योगदान दिए।

बलिङमा भारतका युजभेन्द्र चाहल, दीपक चाहर र खलिल अहमेदले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १४८ रन जोड्यो।

उसका लागि शिखर धवनले ४२ बलमा ४१ रन र रिशव पन्तले २६ बलमा २७ रन बटुले। श्रेयर इयरले २२ रन र केएल राहुलले १५ रनको योगादन दिए। हार्दिक पाण्ड्याले नटआउट १५ रन र वासिङ्टन सुन्दरले नटआउट १४ रन जोडे।

बलिङमा बंगलादेशका सैफुल इस्लाम र अनिमुल इस्लामले २–२ विकेट हात पारे।