यस्तो छ भारतको पछिल्लो अवस्था: स्थिति नियन्त्रण बाहिर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यस्तो छ भारतको पछिल्लो अवस्था: स्थिति नियन्त्रण बाहिर



नयाँ दिल्ली- भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार पार भएको छ। बुधवार २ सय ५४ जना मानिस कोभिड १९ का कारण मृत्यु भएपछि यो पेन्डेमिकाबाट यहाँ ज्यान गुमाउनेको संख्या ६ हजार ७९ पुगेको हो।

भारतमा बुधवार एकै दिन ८ हजार ७ सय २३ नयाँ संक्रमित थपिएका छन्। एकै दिन थपिएका संक्रमित र मृत्यु हुनेको संख्या दुवैमा यो धेरै हो। बुधवार महाराष्ट्रमा मात्रै १ सय २२ जनाको ज्यान गएको छ। दिल्लीमा ५० जना, गुजरातमा ३० र तामिल नाडूमा ११ जनाको मृत्यु भएको छ। पश्चिम वंगालमा १० जनाको मृत्यु भएको छ।

महाराष्ट्रमा थप २ हजार ५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन्। दिल्लीमा १५ सय १३ जना, तामिल नाडूमा १२ सय ८६ थपिँदा गुजरातमा ४ सय ८५ नयाँ संक्रमित भेटिएका छन्।

यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या २ लाख ९ हजार ४ सय ६८ पुगेको छ। यहाँ ठीक भएका संक्रमितको संख्या १ लाख ३ हजार ९ सय ८४ रहेका छन्। कूल संक्रमितको ४९.६ प्रतिशत ठीक भएको देखिएको छ।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा बुधबार थप १ सय ४१ नयाँ संक्रमित भेटिएका छन्।