भारतमा अब हरेक दिन एक लाख जनाको कोरोना परिक्षण गरिने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतमा अब हरेक दिन एक लाख जनाको कोरोना परिक्षण गरिने



एजेन्सी- भारतमा अब दैनिक एक लाख जनाको कोरोना संक्रमण परीक्षण गरिने भएको भारतीय स्वास्थ्य मन्त्री डा. हर्ष भर्दनले जनाएका छन् ।

उनले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणबाट हुने मृत्युदर कम अर्थात् ३ दशमलब २ प्रतिशत रहेको उनले जानकारी दिएका छन् ।

उनले भने, “हरेक दिन कोरोना संक्रमणबाट निको हुने दर बढिरहेको छ । आजसम्म कोरोना संक्रमणबाट निको हुनेदर ३१ दशमलब ७ प्रतिशत रहेको छ ।”

उनले आफूले पहिलेदेखि नै दैनिक एक लाखमा कोरोना परीक्षण गरिने बताउँदै आएकोमा मंगलबार ८६ हजार १९१ को कोरोना परीक्षण गरिएको जानकारी दिए ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ७० हजार ७५६ पुगेको छ भने २२ हजार ४५५ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् । हालसम्म कोरोना संक्रमणबाट दुई हजार ३१० जनाको मृत्यु भएको छ ।