भारत र दुबईबाट नेपालमा कल बाइपास - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारत र दुबईबाट नेपालमा कल बाइपास



काठमाडौं, २६ जेठ

प्रहरीले अवैध कल बाइपासमा संलग्न संगठित समूहविरुद्धको कारबाहीलाई तीव्र बनाएपछि गिरोहले नेपालमा सहयोगी राखेर भारत र दुबईबाट कल बाइपास गराउँदै आएको खुलेको छ ।नेपाली सीमाभित्र उपकरण राखेर कल बाइपास गराउँदा सहयोगी पक्राउको क्रम बढेपछि मुख्य सञ्चालकहरुले मुख्य केन्द्र नेपाल बाहिरै राख्ने गरेको खुलेको हो ।

अनुमति लिएर दूरसञ्चार सुविधा दिएका कम्पनीको गेटवे छल्दै भइरहेको अवैध कल बाइपास रोक्न प्रहरीले सात बर्षदेखि कारबाही गर्दै आएको खबर आजको नागरिकमा छ ।