भारत र थाइल्याण्डका एयरलाइन्सले वर्षौदेखि चलाएका थिए यो जहाज - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारत र थाइल्याण्डका एयरलाइन्सले वर्षौदेखि चलाएका थिए यो जहाज



आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाज कति पुरानो हो भन्ने सबैको चासो बढेको छ । दुर्घटनामा परेको उक्त जहाज साढे १५ वर्षअघि पहिलो उडान गरेको खुलेको छ।

जहाजबारे जानकारी दिने एयरफ्लिट्स डटनेट र प्लेनस्पटर्स डटनेटका अनुसार यतीको ९एन-एएनसी जहाजले सन् २००७ अगस्ट १७ मा पहिलो उडान गरेको हो।

विमान सुरुमा २००७ देखि भारतको किङफिसर एयरलाइन्सले चलाएको थियो। किङफिसरले २०१२ सेप्टेम्बरसम्म चलाएको थियो।

त्यसपछि सन् २०१३ अप्रिलदेखि थाइल्यान्डको नोक एयरले चलाएको पाइएको छ। २०१८ अगस्टसम्म नोक एयरलाइन्सले चलाएपछि नेपालको निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले २०१९ को अप्रिलदेखि चलाउन थालेको हो।

विमानको मेनुफेक्चर्स सिरियल नम्बर ७५४ रहेको छ। यो विमान फ्रान्सेली सहर टाउलाउसमा उत्पादन भएको थियो। आइतबार भएको दुर्घटनामा ५३ यात्रुसहित १५ विदेशी नागरिक थिए। ४ जना क्रु मेम्बर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।