भारतमा हाइ प्रोफाइलमा व्यापक कोरोना संक्रमण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतमा हाइ प्रोफाइलमा व्यापक कोरोना संक्रमण



काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को कारण ८०३ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३८ हजार ९३८ पुगेको हो ।

यससँगै भारत २४ घण्टामा कोरोना भाइरसको कारण सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुक बनेको छ ।

भारत नयाँ संक्रमित संख्याको आधारमा पनि अन्य मुलुकभन्दा अगाडि देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार ५० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरानेा भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ५५ हजार ७४५ पुगेको छ ।

भारतमा पछिल्लो समय हाइ प्रोफाइल मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिने क्रम देखिएको छ । भारतीय गृहमन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । भारतमा कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध हटाइएसँगै कोरोना भाइरसको संक्रमण पनि उल्लेख्य मात्रामा बढेको छ ।

त्यसका साथै पछिल्लो समय मुलुकको केही भागमा देखिएको भारी वषर्ा र बाढीले भारतको समस्या बढाएको छ ।-बीबीसी