भारतको शानदार जीत - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतको शानदार जीत



एजेन्सी- इंग्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा भारत विजयी भएको छ । मंगलबार बेलुका सकिएको खेलमा भारतले इंग्ल्याण्डलाई ६६ रनले पराजित गरेको हो ।

पुणेमा भएको खेलमा भारतले इंग्ल्याण्डलार्य जितका लागि ३१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले पाँच विकेटको क्षतिमा ३१७ रन बनायो ।

विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४२ ओभर एक बलमा मात्रै २५१ रन बनाउन सक्यो।

पहिलो खेल खेलिरहेका तीव्र गतिका बेलर प्रसिद्ध कृष्णले शानदार प्रदर्शन गर्दै ८ ओभर १ बलमा मात्रै ५४ रन दिएर चार विकेट लिए । इंग्ल्याण्डका लागि ओपनर जोनी बेयरस्टोले ६६ बलमा ९४ रन बनाए ।

भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाए ।

भारतले खेलमा ६६ रनको जित दर्ता गरेर तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ।