भारतीय क्रिकेट टोलीलाई झट्का: आईसीसीले गर्‍यो कारबाही - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतीय क्रिकेट टोलीलाई झट्का: आईसीसीले गर्‍यो कारबाही



एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीलाई कारबाही गरेको छ ।

शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण भरतीय क्रिकेट टोलीलाई खेलको ४० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।

भारतले निर्धारित समय भन्दा २ ओभर ढिला गरेको म्याच रेफ्री क्रिस ब्रोडले बताएका छन् । कप्तान विराट कोहलीले कारवाही स्विकार गरेका छन् ।

आईसीसीको आचार सहिता २.२२ अनुसार एक ओभर ढिला भए २० प्रतिशत जरिवना लाग्ने गर्दछ । त्यसै अनुसार भारतीय टोलीलाई ४० प्रतिशत जरिवाना लागेको हो ।

तेस्रो खेलमा भारत सुपर ओभरमा विजयी भएको थियो । भारतले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६५ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

न्युुजिल्यान्डले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा शार्दुल ठाकुरले ६ रन दिएर ४ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । तेस्रो खेलमा पनि भारतले सुपर ओभरमैे जित पक्का गरेको थियो ।

न्युजिल्यान्डका ब्याट्सम्यानले फिनिसिङ गर्न नसक्दा तेस्रो र चौथो खेलमा जित नजिक पुगरेर सुपर ओभरमा पराजित हुनु परेको थियो । पहिलो खेलमा भने भारतले २ सय ४ रनको लक्ष्य ४ विकेट गुमाउँदै एक ओभर पहिलानै पुरा गरेको थियो ।

पाँच खेलको टि ट्वान्टी सिरिजमा भारतले ४-० ले जितिसकेको छ । आईतबार हुने पाँचौ तथा अन्तिम खेलमा भारत क्विलस्वीप गर्ने दाउमा छ ।

भारत र न्युजिल्यान्डबीच थप तीन खेलको ओडीआई सिरिज पनि हुने छ । पहिलो ओडीआई माघ २२, दोस्रो २५ र अन्तिम २८ मा हुने छ । न्युजिल्यान्ड र भारतबीच थप दुई टेष्ट पनि हुने छ ।