विश्वकप क्रिकेट : भारतलाई ठुलो झट्का - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकप क्रिकेट : भारतलाई ठुलो झट्का



एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दुई खेल जितेको भातलाई ठुलो झट्का लागेको छ । लगातार दुई खेल जिताउन महत्वपूर्ण भुमिका खेलको ओपनर ब्याट्सम्यान शिखर धवन तीन हप्ता मैदान बाहिर रहने भएका छन् ।

हालकोद औलामा लागेको चोटका धवन तीन हप्ता मैदान बाहिर रहने भएका छन् । अष्ट्रेलियाविरुद्धको खेलमा तिब्र गतिका बलर नाथन कुल्टर-नाइलको बलमा हातमा लागेको थियो ।

बल हातमा लागेपछि उनले फीजियो पेट्रिक फारहार्टलाई दुई पटक मैदानमा बोलाएका थिए । तर, पनि उनले आफ्नो ब्याटिङ जारी राखेका थिए । उनले उक्त खेलमा ११७ रनको शतकीय पारी खेलेका थिए ।

उक्त पारी पछि धवन फिल्डीङ गनै मैदानमा उपस्थित थिएनन् । भारतीय क्रिकेट बोर्ड बिसिसिईले भने आधिकारीक जानकारी दिएको छैन् । तर, परिक्षण पछिको रिपोर्ट अनुसार धवनले विश्वकपका दुई खेल गुमाउने छन् । उनले १३ जुनमा न्युजल्यान्ड र १६ जुनमा पाकिस्तानविरुद्धको खेल गुमाउने छन् ।