भारतको ४७औं प्रधान न्यायाधीश बने अरबिन्द बोब्डे - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भारतको ४७औं प्रधान न्यायाधीश बने अरबिन्द बोब्डे



एजेन्सी । भारतको ४७औं प्रधान न्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराए ।

प्रधान न्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश हुनुभएको हो । गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश भएका थिए ।

उनले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गरेका थिए ।

शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेतका उच्च पदस्थ व्यक्ति उपस्थित थिए।

न्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिएका हुन् । उनले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिए सम्मको अध्ययन गरका थिए ।

भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गरेका उनले सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएका थिए । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्नु हुनेछ ।