भारतीय नागरिकलाई न्यूजिल्याण्ड प्रवेशमा रोक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय नागरिकलाई न्यूजिल्याण्ड प्रवेशमा रोक



एजेन्सी- भारतमा नयाँ भेरियन्टको कोरोनाको महामारी फ़ैलिएपछि न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले भारतीयलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाएकी छन् ।

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै न्यूजिल्याण्डले यस्तो निर्णय गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतबाट आउने यात्रीहरूको लागि अर्डर्नले अस्थायी प्रतिबन्ध लगाएकी हुन् ।

न्यूजिल्याण्डमा २३ जना नयाँ कोरोना संक्रमित भेटिएकामध्ये १७ जना भारतबाट गएका थिए । यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुनेछ ।