भारतीय विज्ञानको विजय भएको मोदीको घोषणा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय विज्ञानको विजय भएको मोदीको घोषणा



दिल्ली- भारतमा १ अर्ब जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । आज बिहान ९ बजेर ४७ मिनेटमा यो कीर्तिमान कायम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनवरी १६ देखि भारतमा खोप अभियान सुरु भएको थियो । पछिल्लो ३१ दिनमा मात्र २० करोड डोज खोप लगाइएको थियो ।

त्यहाँका ७५ प्रतिशत युवा जनसंख्याले कम्तीमा एक डोज खोप लगाएका छन् भने ३१ प्रतिशत जनसंख्याले पूर्ण डोज खोप लगाइसकेका छन् । १०० करोड डोज पुरा भएको आधिकारिक घोषणा गर्नको लागि सरकारले विशेष तयारी गरेको छ ।

यसका लागि रेल र जहाजमा लाउड स्पिकर समेत जडान गरिएको छ । शतप्रतिशत खोप लगाएका गाउँलाई पनि स्वास्थ्यकर्मीको सम्मानका लागि ब्यानर र पोस्टर टाँस्न अपिल गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले इतिहास रचेको भन्दै १३० करोड नागरिकलाई बधाइ दिएका छन् । भारतीय विज्ञान, सामूहिकता र व्यवसायको जित भएको उनले उल्लेख गरेका छन् ।