विश्वकप अघि भारतीय टिमलाई लाग्यो ठुलो झट्का - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विश्वकप अघि भारतीय टिमलाई लाग्यो ठुलो झट्का



एजेन्सी – ३० मे बाट शुरु हुने एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल ५ जुनमा दक्षिण अफ्रिकासँग खेल्दैछ । खेलको पूर्वसन्ध्यामा भारतका दुई महत्वपूर्ण खेलाडी घाइते भएका छन् ।

भारतका तर्फबाट खेल्ने ब्याट्सम्यान शिखर धवन र अलराउण्डर विजय शंकर घाइते भएको भारतीय मिडियाले समाचार लेखेको छ । अभ्यासको दौरान ब्याट्सम्यान शिखर धवनको हेलमेटमा बलले लाग्दा उनी मैदानमा ढलेका थिए । उनको ओठबाट रगत समेत आएको समाचारमा उल्लेख छ । त्यसपछि उनी अभ्यास गर्न छोडेर उपचार गराएका थिए । अहिले उनको अवस्था सुधारोन्मुख छ ।

यस्तै अर्का अलराउण्डर विजय शंकरले अभ्यास खेलको दौरान आफ्नो दाहिने हातमा चोट लागेको छ । नेटमा ब्याटिङको अभ्याुस गरिरहेका उनको एक्कासी दाहिने हातमा चोट लागेको भारतको दैनिकपत्रिका अमरउजालाले लेखेको छ । उनलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ ।

भारतको आफ्नो पहिलो अभ्यास खेल आज न्यूजील्याण्डसँग र दोश्रो अभ्यास खेल २८ मेमा बंगलादेशसँग खेल्दैछ । ३० मे बाट शुरु हुने विश्वकपको पहिलो खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।