इन्डोनेसियामा शक्तिशाली भूकम्प: ठुलो क्षती भएको अनुमान - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

इन्डोनेसियामा शक्तिशाली भूकम्प: ठुलो क्षती भएको अनुमान



एजेन्सी- इन्डोनेसियाको जाभा द्वीपमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार ६ म्याग्‍निच्यूडको भूकम्प आएको बताइएको छ ।

भूकम्प गएको स्थान इस्ट जाभाको मालाङ शहर नजिक रहेको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा रहेको सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको र अन्य कैयौँ घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले तत्काल जानकारी गराएको छ । भूकम्पको क्षतिबारे थप विवरणहरू सङ्कलन भइरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

भूकम्पका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ भने केही व्यक्ति गम्भीर घाइते भएको विवरणहरू प्राप्त भएका छन् ।

राष्ट्रिय विपत् नियन्त्रण गर्ने सरकारी संस्थाका प्रवक्ता रदित्य जातीले भने, “भूकम्पमा अहिलेसम्मअ छ को मृत्यु भएको र एक जना गम्भीर घाइते भएको खबर आएको छ । भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरूलाई खाली गरि सुरक्षित स्थानमा राखिएको छ ।”