लुकाकु र मार्तिनेजले दिलाए इन्टर मिलानलाई महत्वपूर्ण जित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लुकाकु र मार्तिनेजले दिलाए इन्टर मिलानलाई महत्वपूर्ण जित



काठमाडौं- इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको हो ।

इन्टरको जितमा रामेलु लुकाकु र लौतारो मार्तिनेजले गोल गरेका हुन् । साम्पडोरियाका लागि मोर्तेन थोर्स्बीले एक गोल फर्काए ।

लुकाकुले १० औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई सुरुवाति अग्रता दिलाए । उनले गोलको सेलिब्रेसन रंगभेद विरोधी आन्दोलनको समर्थनमा घुँडा टेकेर गरे ।

३३ औँ मिनेटमा मार्तिनेजले गोल गरेका हुन् । पहिलो हाफमा २–० ले पछि परेको साम्पडोरियाका लागि ५२ औँ मिनेटमा थोर्स्बीले एक गोल फर्काएका हुन् ।

जितपछि तेस्रो स्थानको इन्टर मिलानको २४ खेलबाट ५४ अंक भएको छ । उ दोस्रो स्थानको लाजिओ भन्दा पाँच तथा शीर्ष स्थानको युभेन्टस भन्दा ६ अंकले पछि रहेको छ ।

आइतबार राति नै भएको अर्को खेलमा रोमाले लेचेलाई ४–० ले पराजित गरेको छ ।