साहित्यकार रवीन्द्र समीरसँग ५ प्रश्न, २५ उत्तर - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

साहित्यकार रवीन्द्र समीरसँग ५ प्रश्न, २५ उत्तर



प्रस्तुति :- अर्जुन खनाल

१.) साहित्यको बजार घट्नुका ५ कारण के के ठान्नुहुन्छ ?

१. सामाजिक संजाल, इन्टरनेट आदिको महामारी फैलिनु ।
२. सरकार, एकेडेमी तथा निजिस्तरबाट साहित्यिक मेलाहरु नहुनु ।
३. सबैलाई लेखक बन्ने रहरको कारण कम गुणस्तरका पुस्तकको बाढी आउनु ।
४. पुस्तकको उपलब्धता सिमित सहरका सिमित पसलमा मात्र सिमित हुनु ।
५. लेखक / प्रकाशकले बजारको मनोविज्ञान अनुसार पुस्तकको उत्पादन नगर्नु ।

२. ) लेखेर बाँच्ने अवस्था नहुनुका ५ कारण के के मान्नुहुन्छ ?

१. लेखकले बजारको माग अनुसारका पुस्तक नलेख्नु ।
२. विदेशस्थित नेपालीभाषीसम्म पुस्तक नपुग्नु ।
३. अंग्रेजी लगायतका अन्तराष्ट्रिय भाषामा पुस्तकको अनुबाद भएर विश्व बजारमा पुग्न नसक्नु ।
४. राष्ट्रिय तथा निजी क्षेत्रबाट जीवन निर्बाह हुने किसिमका पुरस्कार, पारिश्रमिक तथा लेखकस्व नहुनु ।
५. ग्रामिण तहसम्म सरकारी तथा सामुदायिक पुस्तकालय नहुनु ।

३. ) तपाइंको नयाँ उपन्यास मृत्युको आयुका ५ बिशेषता के के छन् ?

१. आम उपन्यास भन्दा नयाँ शैली ।
२. शब ब्यबस्थापनको सम्पूर्ण प्रकिया ।
३. चिकित्सा तथा बिज्ञानको समाबेश ।
४. अन्तिम संस्कारको परम्परा ।
५. मृत्यु दर्शन ।

४. ) मृत्युको आयुको माग बढ्नुका अन्य ५ कारण के के छन् ?

१. सम्बेदनशील बिषय तथा नयाँ शैली ।
२. थ्री इन् वान पुस्तक अर्थात लघुकथा, व्यंग्य र उपन्यासको स्वाद ।
३ . आदरणीय पाठकको विश्वास र प्रेम ।
४ . फाइनप्रिन्ट जस्तो उत्कृष्ट प्रकाशक ।
६. पाठकमैत्री मझौला साइजको पुस्तक तथा पाठकमैत्री मुल्य ( छुट बाहेक ३०० – रु )

५.) मृत्युको आयु लेख्दा पुगेका ५ ठाउँ कहाँ कहाँ हुन् ?

१. अरबका केहि देश
२. आर्यघाट
३. किरियापुत्री बसेका ठाउँ
४. पुराणभित्र
५. चिकित्सा बिज्ञानभित्र