आईपीएलमा राजस्थानलाई हराउँदै नयाँ टिम गुजरात शीर्ष स्थानमा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आईपीएलमा राजस्थानलाई हराउँदै नयाँ टिम गुजरात शीर्ष स्थानमा



काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।

त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए ।

राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए ।

१९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए । शिमरोन हेटमायर २९ रन जोडेन सफल भए ।

गुजरातका लागि लकी फर्ग्युसन र यश दयालले तीन–तीन विकेट लिए । कप्तान हार्दिक पाण्ड्या र मोहम्मत शमीले एक–एक विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या प्लेयर अफ द म्याच चुनिए ।