बैंगलोरले जित्यो खेल: हैदरावाद कहाँ चुक्यो ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बैंगलोरले जित्यो खेल: हैदरावाद कहाँ चुक्यो ?



काठमाडौं- इन्डियन प्रिमियर लिगमा विराट कोहलीको टिम बैंग्लोरले जितका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको खेलमा बैंग्लोरले हैदरावादलाई १० रनले हरायो ।

युएईमा जारी प्रतियोगिता अन्तर्गत टस हारेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको हो ।

आरसीबीले सुरुआत भने राम्रो गरेको थियो । देवदत्त पडिक्कल र आरोन फिन्चले पहिलो विकेटका लागि ९० रनको साझेदारी गर्दै मजबुत सुरुवात गरेका थिए ।

देबदत्त अर्धशतकीय पारि खेल्दै आउट भए । ४२ बल खेलेका उनले ८ चौकाको मद्दतले ५६ रन बनाए । सोही स्कोरमा आरोन फिन्च पनि आउट भएका थिए । फिन्चले २७ बलमा २ छक्का र एक चौका सहित २९ रन बनाए ।

टिमको स्कोर १२३ रन भएका बेला कप्तान विराट कोहली पनि पभेलियन फर्किए । उनी १३ बलमा १४ रन जोड्दै आउट भएका हुन् ।

त्यसपछि एबी डेभिलियर्स ५१ रन बनाएर रन आउट भए । उनी रन आउट हुँदा टिमको स्कोर १६२ रन पुगेको थियो । डेभिलियर्सले ३० बलमा ५१ रन बनाउँदा चार चौका र दुई छक्का प्रहार गरे । यसैगरी शिबम दुवे पनि ७ रन बनाएर रन आउट भए ।

हैदरावादका थंगरासु नटराजन, विजय शंकर र अभिषेक शर्माले समान एक एक विकेट लिए ।

जवाफमा राम्रो सुरुवात गर्न नसकेको हैदरावाद १९ ओभर चार बलमा एक सय ५३ रनमा अलआउट भयाे । १८ रनमा पहिलो विकेट गुमाएकाे हैदरावादले दोस्रो विकेटका लागि जोनी ब्रेस्टो र मनिश पाण्डेविच अर्धशतकीय साझेदारी गरेका थिए । जसमा मनिशले ३४ रन बनाए भने जोनीले ६१ रनको पारी खेले । उनले ४३ बलमा छ चौका र दुई छक्का प्रहार गरेका थिए ।

यस्तै प्रियम गार्गले १२ रन जोडे । उसका लागि डेविड वार्नरले मात्र ६ रन बनाए भने अभिशेख शर्मा सात रनमा आउट भए । यस्तै विजय शंकरले खाता खोल्न सकेनन् । रासिद खानले ६ रन बनाए ।

हैदरावादका महत्वपुर्ण खेलाडी सन मार्चले चोटका कारण राम्रो खेल्न सकेनन् । उनको एंकलमा लागेको चोटका कारण आगामी खेल गुमाउने संभावना बढेको छ ।