आइपिएल: मुम्बईसँग हार्‍यो चेन्नई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आइपिएल: मुम्बईसँग हार्‍यो चेन्नई



एजेन्सी– इन्डियन प्रिमियर लिग आइपिएलमा मुम्बई इन्डियन्सले शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले पराजित गरेको छ । १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईले २ बलअघि नै २ विकेट गुमाएर लक्ष्य भेटायो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन बनाउँदै अविजित रहे । त्यस्तै ओपनर सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे । उनले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सूर्यकुमारले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । हार्दिक पाण्डेया १३ रनमा अविजित रहे । चेन्नईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिएपनि अरु बलर चम्किन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । ४७ बल खेलेका रैनाले ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७५ रन बनाए ।

ओपनर शेन वाट्सनले ११ बलमा १२ रन बनाउँदै आउट भएपछि अम्बाटी रायडुसँग दोस्रो विकेटका लागि रैनाले ७१ रनको साझेदारी खेलेका थिए । रायडुले ४६ रन र २१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे ।

मुम्बईका म्याक्लिघन र क्रुर्नाल पाण्डेयाले समान २ र हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए ।

सातौं खेलमा चेन्नईको यो दोस्रो हार हो । समान खेलमा दोस्रो जित निकालेको मुम्बई छैटौं स्थानमा उक्लेको छ ।