आइपिएलका अनौठा तथ्यहरु - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

आइपिएलका अनौठा तथ्यहरु



इन्डियन प्रिमियर लिग भारतमा जारी हुँदा आफूले समर्थन गरेका टिम जित्दा र हार्दा क्रिकेटप्रेमीलाई खुसी र निराश एकैपटक पार्छ । टिमले जित्दा खुसी हुने समर्थक हार्दा निराश निकै हुने गरेका छन् । हरेक दिन निकै रोमाञ्चकताका साथ हुँने आइपिएलमा यस्ता अनौठा तथ्यहरू छन् जसले यसलाई झन् रोचक बनाएको छ । निजी क्षेत्रको लगानीमा भइरहेको आइपिएल विश्व क्रिकेटमा छुटै छाप बनाइसकेको छ । जसमा धरै नयाँ खेलाडी उत्पादन भएका छन् भने कति खेलाडी रिटायर्डपनि भइरहेका छन् ।

तर आज हामी यस्ता अनौठा तथ्यहरू देखाउदैछौ जो आइपिएलमा नै भएका छन् र पत्याउन पनि सोच्नुपर्ने हुन्छ ।

१ पियुष चावला- नो नो बल, धेरै छक्का

आइपिएलमा हाल कोलकाताबाट खेलिरहेका खेलाडी पियुष चावलाको नाममा अचम्मको रेकर्ड छ । चावलाले आइपिएलमा ८ वर्षमा ३६० ओभर बलिङ गरेका छन् जसमा उनले एउटा पनि नो बल फालेका छैनन् । पत्याउँदा पनि अचम्म लाग्न सक्छ तर यो किर्तीमान उनले बताएका छन् । नो बल नफालेपनि चावला आइपिएलमा धेरै छक्का खाने खेलाडी पनि हुन । उनले आइपिएलमा अहिलेसम्म सबैभन्दा बढी १०० भन्दा धेरै छक्का खाएका छन् ।

२ गौतम गम्भीर- धरै अर्धसतक, बढी डकआउट

आइपिएलमा हाल दिल्लीको कप्तानी गरिरहेका गम्भीर सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी गौतम गम्भीर हुन् । उनले अहिलेसम्म ३६ वटा अर्धसतक प्रहार गरेका छन्। जसमा उनले २०१२ को सिजनमा १७ वटा अर्धसतक बनाएका थिए । तर आइपिएलमा उनले अर्धसतक धेरै बनाएपनि शतक भने एउटा पनि बनाउन सकेका छैनन् । आइपिएलमा उनको उच्च स्कोर ९३ रन रहेको छ । रोचक त के भने सबैभन्दा धेरै पटक शून्यमा आउट हुने खेलाडीको लिस्टमा पनि उनी तेस्रो स्थानमा छन् ।

३ धरै टिमबाट खेल्ने खेलाडी

आइपिएलमा सबैभन्दा धेरै टिमबाट खेल्ने अ‍ेलाडी एरोन फिन्च हुन् । उनले अहिलेसम्म आइपिएलमा सबैभन्दा बढी ७ टिमबाट खेलेका छन् ।

४ फाइनलमा अहिलेसम्म नखेलेका अशोक डिन्डा

तीव्र गतिका बलर अशोक डिण्डाले आइपिएलमा ४ टिमबाट खेलेका छन् । उनी खेल्दा उनको टिम कहिल्यै पनि आइपिएलको फाइनलसम्म पुग्न सकेको छैन ।

५ जहाँबाट खेले सँगै खेले

भारतीय खेलाडी रबिन उथप्पा र मनिष पाण्डेले ८ वर्षसम्म आइपिएलका ४ अलग टिमबाट खेले । तर, उनीहरू कहिल्यै पनि दुई फरक टिमबाट खेलेनन् । एउटा जुन टिमबाट खेल्यो अर्को पनि त्यही टिमबाट खेले ।

६ एक सिजनमा धेरै डट बल फाल्ने खेलाडी

२०१३ को आइपिएलमा डेल स्टेनले २ सय १२ डट बल फालेका थिए । यो आइपिएल इतिहासमै एक सिजनमा एक बलरले फालेको सबैभन्दा बडी डट बल हो ।

७ करियरको पहिलो र अन्तिम विकेट लिने खेलाडी

आइपिएल करिअरको पहिलो बलमै विकेट लिने खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट हुन् । विकेटकिपर गिलक्रिष्टले करियरमा पहिलो पटक बलिङ गरेका थिए । त्यो पनि आइपिएलको अन्तिम खेलमा । उनले २०१३ मा मुम्बइ इण्डियन्सविरुद्ध अन्तिम ओभरमा बलिङ गर्न आएर एकमात्र बल फाले । जुन बलमा हरभजन सिंह आउट भएका थिए । क्रिक नेपाल