पाँचौ पटक आइपिएल जित्दै मुम्बईले रच्यो इतिहास - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पाँचौ पटक आइपिएल जित्दै मुम्बईले रच्यो इतिहास



काठमाडौं- पाँचौं पटक इन्डियन प्रिमियर लिग आइपिएल जित्दै मुम्बई इन्डियन्सले इतिहास रचेको छ ।

फाइनलमा दिल्ली क्यापिटल्र्सलाई ६ विकेटले हराउँदै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक यो प्रतियोगिताको उपाधि जितेको छ । मुम्बईले पछिल्ला पाँच संस्करणमा तेस्रो पटक आइपीएलको उपाधि जितेको हो ।

दुबई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५६ रन बनायो । निकै खराव सुरुवात गरेको दिल्लीले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपन मार्कुस स्टोनीस शुन्य रनमा नै आउट भए ।

त्यसपछि अजिन्क्या राहाणेपनि दुई रनमा पेभेलियन फर्किएपछि दिल्लीले १६ रनमा दोस्रो विकेट गुमायो । लगत्तै शिखर धवन आउट हुँदा दिल्लीको पारी संकटमा परेको थियो । त्यो बेला दिल्लीको स्कोरबोर्डमा मात्र २२ रन थियो । शिखर १५ रनमा आउट भए ।

दिल्लीको पारीलाई कप्तान श्रेयस ऐयर र रिसब पन्तले सम्हाल्ने प्रयास गरेका थिए । चौथो विकेटका लागि उनीहरुले ९६ रनको साझेदारी गरेका थिए । तर रिसव ५६ रनमा आउट भएपछि दिल्लीले एक सय १८ रनमा चौथो विकेट गुमायो । उनले ३८ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।

तर त्यसपछि दिल्लीले अरु तीन विकेट सस्तैमा गुमायो । उसका सिमरन हिटमेयर पाँच रनमा आउट भए भने अक्सर पटेल नौ र कागिसो राबाडाले खाता खोल्न सकेनन् ।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले अविजीत ६५ रन बनाए । उनले ५० बलमा छ चौका र दुई छक्का प्रहा गरे । बलिङमा ट्रेन्ट बोल्टले तीन तथा नाथन कल्टर नेलले दुई विकेट लिए ।