आइपिएलका सात मुख्य अवार्ड: कुन खेलाडीले के पाए ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

आइपिएलका सात मुख्य अवार्ड: कुन खेलाडीले के पाए ?



एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को मष्ट भ्यालुएबल अवार्ड राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चरले प्राप्त गरेका छन् ।

राजस्थान रोयल्स लिग चरणबाटै बाहिरिएपनि उनले उच्च प्रर्दशन गरेका थिए । १४ खेलमा २० विकेट लिएका आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए । उनले कुल १ सय १३ रन बनाएका थिए । जसमा १० छक्का सामेल थियो । आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिने टोलीका खेलाडीले मोष्ट भ्यालुएबल अवार्ड प्राप्त गरेका हुन् ।

आइपिएल २०२० को पर्पल क्याप दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर कागिसो रबाडाले पाएका छन् । रबाडाले १७ खेलमा ३० विकेट लिदै पर्पल क्याप जितेका छन् ।

ओरेन्ज क्याप किंग्स इलेभेन पन्जाबका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले जितेका छन् । राहुलले १४ खेलमा १ शतक र पाँच अर्ध शतक सहित कुल ६ सय ७० रन बनाएका थिए । राहुलले गेम चेन्जर अवार्ड पनि प्राप्त गरेका छन् ।

पावर प्ले अवार्ड मुम्बईका ट्रेन्ट बोल्टले जिते । सबै अवार्डको धनराषि समान १० लाख भारतीय रुपैयाँ थियो ।

रोयल च्यालेन्जर्स बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्कल इमर्जिङ प्लेयर अफ द अवार्ड घोषित भएका छन् । पाडिक्कलले १५ खेलमा पाँच अर्ध शतक सहित कुल ४ सय ७३ रन बनाए ।

सर्वाधिक छक्का मुम्बईका ईशान किशनले जितेका छन् । उनले कुल ३० छक्का प्रहार गरेका थिए ।

सुपर स्ट्राइक रेट काइरन पोलार्डले जितेका छन् । उनको जारी सिजनमा १९१.४२ स्ट्राइक रेट रह्यो ।