आइपिएल आजबाट सुरु, मुम्बई र चेन्नई भिड्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आइपिएल आजबाट सुरु, मुम्बई र चेन्नई भिड्ने



चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करण आजबाट सुरु हुँदैछ ।

शृंखलाको पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियनबीच हुनेछ । चेन्नईको घरेलु मैदानमा हुने खेलका लागि दर्शकहरुसमेत निकै उत्साहित छन् ।

आइपिएल स्पट फिक्सिङ घटनापछि दुई वर्षका लागि निलम्बित चेन्नई सुपर किंग्स यसपटक प्रतियोगितामा सहभागी भएकाले पनि चेन्नईमा हुने यो म्याच घरेलु दर्शकका लागि महत्वपूर्ण भएको छ । मुम्बई इन्डियन्स साविक बिजेता टिम हो । यी दुवै टिमबीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।