आईपीएलको संरचना परिवर्तन गर्दै टिम थपिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आईपीएलको संरचना परिवर्तन गर्दै टिम थपिने



एजेन्सी । सबैभन्दा ठुलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा सहभागी हुने टिमको संख्या बढाउने भएको छ ।

आईपीएलका सरोकारवाला र आयोजकबीच लण्डनमा बसेको बैठकले प्रतियोगितामा थप दुई टिम बढाउने तयारी गरेको हो ।

हाल आईपीएलमा ८ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । सन् २०११ मा पनि टिम थप गर्ने निर्णय भएको थियो । तर बोर्डले केही प्राविधिक कारण देखाउँदै ८ टिमलाई नै निरन्तरता दिएको थियो ।

सन् २०१० मा भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आईपीएलमा सहभागी हुने टिमका लागि टेन्डर आह्वान गरेको थियो ।

सो समय नयाँ टिमको रुपमा पुने वारियार्सलाई साहारा ग्रुप र तुस्केर्स करेलालाई कोची क्रिकेट प्रालीले किनेको थियो ।

सन् २०१२ मा कोचीलाई आर्थिक कारण देखाउँदै निलम्बन गरिएको थियो । तर पुनेलाई बोर्डले सन् २०१३ सम्म राखेको थियो ।

आईपीएलकाे प्रशासन परिषदले सन् २०१६ मा राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सलाई निलम्बन गर्दै दुई नयाँ टिम राइजिङ पुने सुपर जाइण्ट र गुजरात लायन्सलाई आईपीएलमा सहभागी गराएको थियो ।

राजस्थान र चेन्नईको दुई बर्षको निलम्बन फुकुवा भएपछि नयाँ टिम रद्व भएको थियो ।

भारतीय प्रेस ट्रस्टका अनुसार बैठकमा सहभागी एक प्रतिनिधिका अनुसार नयाँ संस्करणको आईपीएलमा टिमको संख्या थप हुन सक्ने बताएका हुन् ।

‘लिगमा टिमको संख्या वृद्वि गर्न अनौपचारिक बार्ता सुरु गरेका छौं ।’ उनले भने, ‘यद्दपी संख्या बढाउन पाउने अधिकार टिमसंग छैन । यसमा क्रिकेट बोर्डले स्विकृती प्रदान गर्नुपर्छ । र यसका लागि हामी तयार छौं ।’