आइपिएल अपडेट: चर्चामा सनराइजर्स हैदरावादको बलिङ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

आइपिएल अपडेट: चर्चामा सनराइजर्स हैदरावादको बलिङ



काठमाडौं– इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदरावादले घातब बलिङ गरेको छ। सोमबार राति राजस्थान रोयल्यमाथि ९ विकेटको जित निकाल्ने क्रममा हैदरावादको जितको कारण बलिङ बन्यो।

टस जितेको हैदरावादले राजस्थान रोयल्यसलाई पहिले ब्याटिङको निम्तो दियो। तर हैदरावादका बलर सामू राजस्थान निरीह साबित बन्दा २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २५ रन मात्र जोड्न सक्यो। तेस्रो नम्बरमा ब्याटिङ गरेका सन्जु सामसनले सर्वाधिक ४९ रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन्। राजस्थानका ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ हैदरावादका सकिब अल हसन  र सिद्धान्त कौलले २–२ विकेट लिए। भुवनेश्वर कुमार, बिलि स्टालाके र रसिद खानले १–१ विकेट लिए। पाँच बलरले नै ४–४ ओभरमा बलिङ गर्दा एक बलरले ३० रन भन्दा बढी खर्चिएनन्।

१ सय २५ रनको सामान्य लक्ष्य हैदरावादले १५.५ ओभरमा १ विकेटको क्षतिमा पार गर्यो। ऋद्धीमाध साह ५ रनमा आउट हुँदा कप्तान केन विलियमसनले नटआउट ३६ र शिखर धवनले नटआउट ७७ रन जोडे। धवनले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गरे।