आइपिएल: राजस्थानको २१८ रनको चुनौती, जित्ला त बेंंग्लोरले ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आइपिएल: राजस्थानको २१८ रनको चुनौती, जित्ला त बेंंग्लोरले ?



एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २१८ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २१७ रन बनाएको हो ।

राजस्थान रोयल्सका लागि सन्जु साम्सनले विष्फोटक ब्याटिङ गरे । उनले अविजित ९२ रन बनाए । सन्जुले ४५ बलमा १० छक्का र २ चौका प्रहार गरे । त्यस्तै,

राजस्थानका लागि कप्तान अजिंक्या रहानेले ३६, बेन स्टोक्सले २७ र जोस बुट्लरले २३ रन बनाए ।

बलिङतर्फ क्रिस ओक्स र युज्भेन्द्र चाहालले समान २–२ विकेट लिए ।

बेंग्लोर आईपीएलको पाचौ स्थानमा रहेको छ । यता, राजस्थान आईपीएलको सातौ स्थानमा रहेको छ । बेंग्लोर र राजस्थानले समान १ खेलमा जित र १ खेलमा हार ब्यहोरेका छन् ।

आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद रहेको छ । हैदरावादले ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बनाएको छ । दोस्रो स्थानमा भने चेन्नाई सुपर किंग्स रहेको छ । त्यस्तै, तेस्रो स्थानमा किंग्स इलाभेन पञ्जाब, चौथो स्थानमा कोलकता नाइट राइडर्स र छैटो स्थानमा सन्दीप लामिछानेको टिम दिल्ली डेयरडेभिल्स रहेका छन् । दिल्लीले शनिबार साविक विजेता मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको थियो ।