इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण



एजेन्सी- विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस चीनमा कम हुँदै गएपनि अन्य देशमा भने खतराको घन्टी बजाएको छ ।

चीनपछि दक्षिण कोरिया र इरानमा कोरोनाभाइरसको संक्रमण उच्च देखिएको छ ।

इरानकी उपराष्ट्रपति मासुमेह एब्तेकार कोरोनाभाइरस संक्रमणको परेकी छन् । यसअघि इरानका उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।

हालसम्म इरानमा मात्र कोरोनाका कारण २६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । संक्रमण बढ्दै गएपछि इरानका राष्ट्रपति हसन रुहानीले भाइरसमाथि नियन्त्रण पाउन अझै दुई–तीन हप्ता लाग्न सक्ने बताएका छन् ।

इरानकी उपराष्ट्रपति एब्तेकारमा संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाको संक्रमण पुष्टि भएकाको संख्या २४५ पुगेको छ ।