भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै इराकी प्रधानमन्त्रीले दिए राजीनामा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै इराकी प्रधानमन्त्रीले दिए राजीनामा



एजेन्सी- इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले पदबाट राजीनामा दिएका छन् । पछिल्ला दिनहरुमा राजधानी बगदाद र दक्षिणी इराकमा सरकार बिरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री अब्दुल महदीले पदबाट राजीनामा दिएका हुन् ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र जनजिविकाका मुद्धा सम्बोधन नगरेको भन्दै पछिल्ला दुई महिनायता इराकमा भएका सरकार विरोधी प्रदर्शनहरु हिंसांत्मक बन्दै गएका छन् ।

सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा कयौं सर्वसाधारण मारिएका छन् भने हजारौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार एकै दिन आन्दोलनका कारण ४० भन्दा बढी सर्वसाधारण मारिएपछि प्रधानमन्त्री महदीलाई सरकार छोड्न दवाव परेको हो ।

आज बस्ने संसद बैठकले प्रधानमन्त्री महदीको राजीनामा पत्रबारे छलफल गर्ने बताइएको छ । प्रदर्शनकारीहरुले सार्वजनिक र निजी सम्पतिमाथि तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गरेको बताइएको छ ।

इराकका शीर्ष धार्मिक नेताले पनि शुक्रबार जारी राजनीतिक संकट समाधानका लागि राजीनामा दिन प्रधानमन्त्रीर्लाइ सुझाव दिएको बताएका थिए ।