इरफानको अन्तिम वाक्य, जसले सबैलाई स्तब्ध बनायो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

इरफानको अन्तिम वाक्य, जसले सबैलाई स्तब्ध बनायो



एजेन्सी- बलिउडका अब्बल अभिनेता इरफान खानको बुधबार निधन भएको छ । ५३ वर्षीय उनको कोलोन इन्फेक्सनका कारण अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो ।

आन्द्रामा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बाईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा आइसियुमा राखिएको थियो ।

शनिबारमात्रै आमाको निधनका कारण शोकमा रहेका इरफानले आमालाई अन्तिम पटक भेट्न पाएनन् ।

आमाको अन्तिम संस्कारमा पुग्न नपाएका इरफानले आफ्नो अन्तिम सास लिँदा आमालाई सम्झिएका छन् ।

इरफानले अन्तिम पटक अस्पतालमा हुँदा भनेका थिए, “आमाले मलाई लिन आउनु भएको छ ।”

इरफानको अन्तिम समयमा उनीसँगै अस्पतालमा रहेका बलिउड फेसन फोटोग्राफर भाइरलभ्यानीले इन्स्टाग्राममा यस कुराको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “इरफानको अन्तिम वाक्य यस्तो रहेको थियो, “आमाले मलाई लिन आउनु भएको छ ।”

इरफानको निधनमा बलिउडदेखि हलिउड कलाकार र दर्शकहरूसमेत स्तब्ध भएका छन् ।