इरफानले लिए क्रिकेटको सबै फर्म्याटबाट सन्यास - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

इरफानले लिए क्रिकेटको सबै फर्म्याटबाट सन्यास



भारतीय क्रिकेट टिमका बलर इरफान पठानले शनिबार सबै फर्म्याटबाट सन्यास लिएका छन् ।

पठानले करियरमा २९ टेस्ट १२० एक दिवसीय र २४ टी-२० भारतका लागि खेलेका छन् ।

सबै फर्म्याटमा गरी इरफानले करियरमा ३०१ विकेट हात पार्न पनि सफल भएका छन् ।

सन् २००३ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यू गरेका इरफानले एक दिवसीय डेब्यू पनि अर्को वर्ष अस्ट्रेलियाविरुद्ध नै गरेका थिए ।

टी-२० मा भने उनले २००६ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका हुन् । उनले टेस्ट क्रिकेटमा १००, एक दिवसीयमा १७३ र टी-२० मा २८ विकेट हात पारेका छन् ।

पठानले अन्तिम एक दिवसीय भने २०१२ मा खेलेका थिए । २००७ को टी-२० विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका इरफान फाइनल खेलको म्यान अफ द म्याचसमेत भएका थिए ।

उनको नाममा टेस्ट क्रिकेटमा पहिलो ओभरमै ह्याट्रिक विकेट लिने रेकर्ड पनि बनेको छ ।

बलिङका साथै ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका इरफानको ब्याटबाट टेस्टमा १ हजार १सय ५, एक दिवसीयमा १ हजार ५ सय ४४ र टी -२० मा १ सय ७२ रन बनेको छ ।

अहिले उनी क्रिकेट कमेन्टेटरको भूमिकामा देखा पर्दै आएका छन् । अन्तिम आईपीएल २०१७ मा खेलेका इरफान त्यस यताका संस्करणमा अनसोल्ड रहेका छन् ।