गायक पोख्रेल माथि ६ अभियोग ..... - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गायक पोख्रेल माथि ६ अभियोग …..



एक समय चर्चामा रहेका, हाल अष्ट्रेलिया बस्ने नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने  “शितल” र “अराइज” नामक एल्बम ले चिनिने र केही समय अगाडि सामुहिक एल्बम “उडान” लिएर बजार तताएका गायक हुन ईश्वर पोख्रेल । गुल्मी,बुटवल हुदै अस्ट्रेलिया सम्म जीवन यात्राहरु मोडिए पनि सांगीतिक यात्रामा निरन्तर लागेका उनै पोख्रेललाई हिमाल पोष्टले ६ वटा अभियोग लगाएको छ ।पढ्नुहोस् के भन्छन अभियोग बारे पोख्रेल ?

प्रस्तुति :किंग  खनाल

राम्रो गला भएको मान्छे नेपाल छोडेर विदेश किन जानू भो?

गीत सङ्गीतमा केही गर्ने उद्देश्यले केही वर्ष काठमांडूमा रहे।उमेर पनि बढदै गरेको र गीत सङ्गीतबाट सोचेजस्तो सफलता पाउन नसकेको अवस्था पनि थियो भने परिवार प्रति थप जिम्मवारी बहन गर्नु पर्ने कारणले अध्ययन को सिलसिलामा म बिदेसिएको हु । तर सङ्गीत म बाट न टाढा रह्यो न रहनेछ ।

संगीतबाट राम्रो गर्न चाहने मान्छेले तपाईबाट कसरी प्रेरणा पाउने?

हेर्नुस म पनि संगीत सिक्दै छु । संगीत सुरु मा मैले सामान्य वा साधारण विषय भन्ने सोचेको थिय तर यो त जति जति अध्ययन गर्दै गयो झन् झन् जटिल पो रहेछ । यो विषय आध्यान गर्न दृढ आत्मबिश्वास, मेहनत, लगनशीलता र धैर्यता आवश्यक छ। यसमा रुचि राख्ने जो कोहीले पनि गहन भएर मेहनत गर्न जरुरी छ जसले सफलता हासिल गर्न अवश्य मदत गर्ने छ ।

कलाकारहरू बढी पैसा प्रेमी भएर बिदेसिन्छन भन्छन् नि?
पैसा प्रेमी त संसारमा को नहोला र ? नेपाल को परिस्थिति मा कलाकार को भविष्य कलाकारितामा लागेर त्यति सुरक्षित नभयकै कारणले धेरै जस्तो कलाकार बिदेशिनु पर्ने पीड़ा छ । राष्ट्रले कलाकर्मी लाई पहिचान नगरेको अवस्था हो भने अर्को पाटो नेपाली गीत सङ्गीत को बाजार सानो भयको कारण पनि हो । कलाकार मात्रा हैन राम्रा राम्रा खेलाड़ी, फिल्मकर्मी, संचारकर्मी पनि आफ्नो भविष्य सुरक्षित गर्न को निम्ति पलायन हुने बाध्यता छ । मेरो मान्यता मा पैसा ठुलो होइन तर पैसा बिना संसार चल्दैन पनि ।

सांगीतिक क्षेत्र फोहोर राजनीति हुने ठाउँ भन्छन् नि?

सङ्गीत क्षेत्र मेरो बिचारमा अन्य पेसा भन्दा सफा पक्कै हो तर आज भोलि यसमा पनि राजनीति घुसेको मलाई पनि भान हुन्छ।जब कला भएका कलाकर्मी भन्दा बड़ी कला नभएका कलाकार भनौदा हाबी हुँदै जान्छन भने त्यहा पक्कै पनि केही गड़बड़ छ भन्ने बुज्नु पर्छ । नेपाल मा हरेक क्षेत्र मा राजनीति घुसेको छ र सङ्गीतर कला क्षेत्र यसबाट अछुतो पक्कै पनि रहेन ् छैन ।

गायक गायिकाहरु अर्काको प्रगतिमा बढी जल्छन रे? यस्तो किन?15451450_10209798499791626_1371781001_n

मलाई त जलन र डाह छैन है (मुस्कान सहित )। आफ्नो कला र सक्षमताले प्रगति हुन्छ भने के को जलन हुन पर्‍यो । सकिन्छ भने आफूले नि त्यस्तै प्रगति गरेर देखाउनु पर्‍यो सकिन्न भने अरूको प्रगति मा अझै हौसला दिन सक्नु पर्दछ । भित्र भित्र डाह ले आफैलाई हानि गर्दछ।

पैसा कमाउनु भएकै छ, बेला बेला एल्बमहरु किन निकाल्नु पर्ने?
मैले पैसा कमाएको देख्नु भएछ खÞुशी लाग्यो। खासमा म पैसा कमाउने लर्कोमा चाहिँ पर्दिन जस्तो लाग्छ र पैसा त जति भयनी मान्छेलाई सधैँ थोरै नै हुन्छ । हो परिवार को लालन पालन पक्कै आफै गर्न सक्षम छु यसैमा खÞुशी छु । त्यसबाट थोरै गीत सङ्गीत लाई नि छुट्ट्याउने गरेको छु। पैसा भन्दा ठुलो आत्मसंतुस्टी हो, मलाई गीत सङ्गीतले जति आत्मसतुष्टि दिन्छ अरूले त्यति दिदैन त्यसैले देशबाट टाढा रहेपनि गीत सङ्गीत मा नै रमाउने मेरो बानी परेको छ ।अन्त्यमा मलाई लागेका अभियोगको खण्डन गर्ने मौका दिनु भएकोमा खनालजी अनि हिमालपोस्ट प्रति आभारी छु ।