प्रदीप पौडेलले गरे प्रतिस्पर्धीहरूसँग छलफल, ईश्वर पोखरेल गएनन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदीप पौडेलले गरे प्रतिस्पर्धीहरूसँग छलफल, ईश्वर पोखरेल गएनन्



काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गरेका छन्।

सो छलफलमा काठमाडौं ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश के.सी., मधुसुदन पाठक, विनिता अर्याल उपस्थित थिए। आफ्ना मुख्य प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल भने उपस्थित भएनन् ।

सहभागी उम्मेदवारहरुले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्दता व्यक्त गरे।

छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौं ५ मा सहभागी भएका सबै उम्मेदवारहरूका सल्लाह र सुझावका आधारमा अघि बढ्ने बताए।

आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरु निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

सो अवसरमा यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरु सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जन सहित अगाडी बढाउने विषयमा समेत छलफल भएको छ।