के ईश्वर पोखरेलले चुनाव हार्लान ? यस्तो छ पछिल्लो मत परिणाम - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

के ईश्वर पोखरेलले चुनाव हार्लान ? यस्तो छ पछिल्लो मत परिणाम



काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।

जम्मा अठार हजार ७९७ मत गणना हुँदा उनले १ हजार ८ सय १६ मत अन्तरले अग्रता लिएका हुन्।

नेता पौडेलले ६ हजार १८१ मत ल्याएका छन् भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको ४ हजार ३६५ प्राप्त गरेका छन्।

यस क्षेत्रमा जम्मा ७० हजार ९१९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार ९९७ मत खसेको थियो ।

काठमाडौं क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।