बेलायतमा अब कोरोनाका कारण आइसोलेसनमा बस्न नपर्ने - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

बेलायतमा अब कोरोनाका कारण आइसोलेसनमा बस्न नपर्ने



काठमाडौँ- कोरोना संक्रमण तेस्रो लहर फैलिरहेको बेला बेलायत सरकारले भने कोरोना नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् ।

जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन ।

त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइएको छ । नयाँ नियमअनुसार माध्यामिक विद्यालयलका विद्यार्थीलाई कक्षा कोठामा फेस मास्क अनिवार्य गरिनेछैन । त्यस्तै, कोभिड पोजेटिभ भएका व्यक्ति अनिवार्य आइसोलेसनमा बस्ने प्रावधान पनि हटाइने उनले बताए ।

बेलायतमा औषतमा दैनिक ८२ हजारमा कोभिड संक्रमित देखिएका छन् ।