इटालीमा रेकर्ड भन्दा १० गुणा बढी सङ्क्रमित - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इटालीमा रेकर्ड भन्दा १० गुणा बढी सङ्क्रमित



एजेन्सी- इटालीमा रेकर्डमा भएभन्दा दस गुणा बढी सङ्क्रमितहरू भएको एजेन्सीले बताएको छ ।

एजेन्सीका अनुसार आधिकारिक रुपमा दर्ता भएका संक्रमितको सङ्ख्याभन्दा १० गुणाभन्दा बढी सङ्क्रमितहरू भएकै कारण मृत्यु हुनेहरूको सङ्ख्या बढी देखिएको बताएको छ ।

‘हरेक आधिकारिकरुपमा दर्ता संक्रमितको सङ्ख्यामा त्यहाँ १० जना दर्ता नभएका संक्रमित छन्,’ एन्जेलो बोरेलीले ला रिपब्लिका दैनिकसँग कुराकानी गर्दै भने ।

उनको कार्यालयले पनि उनको भनाइ आधिकारिक भएको प्रतिक्रिया दिएको छ । बोरेलीको अनुमानको अर्थ इटालीमा हाल ६ लाखभन्दा बढी कोरोनाभाइरसबाट संक्रमित हुनसक्छन् ।

इटालीमा हालसम्म ६३ हजार ९६७ संक्रमित आधिकारित रुपमा दर्ता भएका छन् । यही कारणले इटालीमा अन्य देशको तुलनामा मृत्यु दर बढी भएको बताइएको छ ।

मार्च २२ सम्म विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार इटालीमा मृत्यु दर ९ प्रतिशत रहेको छ । यदी संक्रमितको सङ्ख्या १० गुणा हुने भने मृत्यु दर ०.९ प्रतिशत रहेको छ ।

यसले दक्षिण कोरियामा रहेको ०.६ प्रतिशतको मृत्युदरको नजिक ल्याउँछ । एजेन्सीले लगातार दोस्रो दिन नयाँ संक्रमितको सङ्ख्यामा कमी आएको बताएको छ ।

तर, केही घण्टापछि यो साँचिक्कै घट्दो दरमा रहेको या नरहेको थाहा हुने बोरेलीले बताएका छन् ।