जब क्लोलाई तौलियाले दियो धोका…... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जब क्लोलाई तौलियाले दियो धोका……



एजेन्सी ।

बेलायतको चर्चित रियालिटी टिभी स्टार क्लो फेरीले आफ्नो लापरबाहीका कारण निकै लज्जास्पद परिस्थितिको सामना गर्नुपरेको छ । बेलायतको टिभी स्टार क्लो नुहाएपछि केहि समान लिन छातीमा तौलिया मात्र बेरेर घरबाहिर निस्किइन् ।

जब उनले कारबाट एउटा बक्स लिएर घरभित्र पस्न लाग्दा असन्तुलित भई बक्समा भएका सामान खस्न थाले । सामान सम्हाल्न लाग्दा उनको तौलिया फुस्कियो ।त्यसपछि उनी बक्स त्यहीँ फालेर तौलिया सम्हाल्दै घरभित्र पसिन् । कसोकसो उनका सो अवस्थाका तस्बिर क्यामेरामा कैद गरिए । अहिले ती तस्बिर इन्टरनेटमा भाइरल भएका छन् ।

३१ अगस्ट १९९५ मा जन्मिएकी क्लो बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् । आफ्नो असावधानीले गर्दा असहज परिस्थिति भोग्नुपरेकोमा क्लोले पछुतो मानेकी छिन् ।