जब देउवालाई सुष्मा स्वराजले पानी पिलाइन... - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जब देउवालाई सुष्मा स्वराजले पानी पिलाइन…



 

नयाँ दिल्ली, ९ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला ५ दिने राजकीय भ्रमणमा भारतमा छन् । भ्रमणको पहिलोदिन नेपाली दूतावासमा भेटघाटमा व्यस्त भएका देउवा मोदीको सरप्राइज भेटको लागि कार्यक्रम छोट्याएर मोदी निवास पुगे ।

दोस्रो दिन राष्ट्रपति निवासमा गार्ड अफ अनर प्रदान गरियो । यसपछिको कार्यक्रम थियो दिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त प्रेस बक्तब्यको । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन चलिरहेको थियो । देउवा बोलिरहेका थिए, एक्कासि उनलाई खोकी लाग्यो त्यो पनि पटक-पटक ।

खोकी लाग्दा लाग्दै उनको बोली अबरुद्द भयो, उनी बोल्न सकेनन् । देउवा बोल्न नसकेको देखेपछी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मोदी र देउवाको बिचमा रहेको पानीको जग उठाउन खोजिन, यो देखेर मोदीले भाँडोको बिर्को मोदीले खोलिदिए । सुष्माले पानी गिलासमा निकालेर देउवालाई दिइन । देउवाले पानी खाएर उनलाई थ्यांक यु भने र आफ्नो घाँटी अबरुद्द भएको जानकारी पनि दिए ।

देउवाले पानी पिएको गिलास सुष्माले लिनै लाग्दा नेपाली दूतावासकी कर्मचारीले गिलास लिइन । यसपछि देउवाले केही सजिलो महसुस गरे ।