ज्याक माले खोसे मुकेश अम्बानीको एसियाकै धनी व्यक्तिको टाइटल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

ज्याक माले खोसे मुकेश अम्बानीको एसियाकै धनी व्यक्तिको टाइटल



काठमाडौं- एसियाकै धनी घोषणा गरिएका भारतीय उद्योगी मुकेश अम्बानीको अवस्था पनि निकै खुस्किएको छ ।

कोरोना भाइरसको संकटबाट जुझिरहेको बजारमा कच्चा तेलको मूल्यमा भारी गिराबट आएसँगै उद्योगी अंबानी अब एशियाका सबैभन्दा धनी व्यक्ति रहेनन् ।

यो स्थानमा अब चिनियाँ कम्पनी अलीबाबाका संस्थापक जैक मा पुगेका छन् ।

ब्लूमबर्ग बिलयेनेय इण्डेक्सका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिराबट आएको छ जसकारण अंबानीको रिलायन्स इण्डस्ट्रीमा गिरावट भएको छ ।

यसै कारण उनी दोस्रो स्थानमा झरेका छन् । यस्तै कोरोना भाइरसका कारण अलीबाबाले पनि मुश्किलको सामाना गर्नुपरेको छ तर हाल मोबाइल ऐप्समा बढी माग भएका कारण कम्पनीको प्रदर्शन सुखद रहेको छ ।