एकीकृत समाजवादीका प्रवक्ता नै तेस्रो स्थानमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

एकीकृत समाजवादीका प्रवक्ता नै तेस्रो स्थानमा



उदयपुर- उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ ।

अहिलेसम्म एक हजार तीन सय ७५ मतगणना हुँदा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले छ सय ९२ मतसहित अग्रता लिएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार रामकुमार राईले चार सय ९६ मतसहित पछ्याइरहेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडाले एक सय एक मत प्राप्त गरेका छन् । उनी नेकपा एसकाे प्रवक्ता पनि हुन् ।

यही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनिल श्रेष्ठले एक सय ११ मत प्राप्त गरेका छन् ।